बालकोट पुगेका यादवलाई ओलीको आग्रह : सत्ता गठबन्धनलाई बलियो बनाऊ


८ माघ २०७९, आईतवार
kp oli upendra meeting
फाइल् फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
यादवले शनिबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् ।

भेटमा अध्यक्ष ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । अध्यक्ष ओलीले यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै उनले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७