सुर्खेतमा गाडी दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु


८ माघ २०७९, आईतवार
surkhet pickup truck accident

सुर्खेत । सुर्खेतमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी मध्यराति (रत्न राजमार्ग) को भेरी पुल नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट ८० मिटरजति तल खस्दा चालक वीरेन्द्रनगर नगरपालिका–७ निवासी २७ वर्षीय सागर शाही, दैलेखकै डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ काराजेन्द्र बीसीको मृत्यु भएको हो ।

गम्भीर घाइते अवस्थामा प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पु¥याएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दैलेखकै भैरवी गाउँपालिका ५ का वर्ष २६ का वीरेन्द्रराज शाही घाइते भएका छन् । छातीमा चोट लागेका उनी बोल्न सक्ने अवस्थामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७