स्पेनमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै विशाल प्रदर्शन


८ माघ २०७९, आईतवार
spain

म्याड्रिड । स्पेनको राजधानी म्याड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध वृहत र विशाल प्रदर्शन भएको छ । चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको प्रदर्शनमा हजारौं मानिस भेला भएका थिए । चुनाव हुन लागेको वर्षमा सरकार विरोधी प्रदर्शन चर्किएको हो ।

प्रदर्शनकारीहरूले पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रधानमन्त्री सान्चेजलाई राजीनामा दिन माग गरेका थिए । कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्बिरसहित उनलाई ‘देशद्रोही’ भनेका थिए । र्यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार मानिस भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ ।

आयोजकहरूले प्रदर्शनमा करिब ७ लाख मानिसहरूले भाग लिएको दाबी गरेका छन् । देशको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टी भोक्स र पपुलर पार्टी (पीपी) लगायत कन्जरभेटिभ पार्टी समर्थकहरु प्रदर्शनमा भेला भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७