हरिबोल भट्टराईको नेतृत्वमा नेपाली कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा


२ कार्तिक २०७४, बिहीबार
congress BP

काठमाडौं : नेपाली कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको विधिवत रुपमा घोषणा भएको उनीहरुले जानकारी गराए ।

congress BP

नेपाली कांग्रेस विपी विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित हुँदै अघि बढेकोले आफूहरुले विपी विचारलाई स्थापित् गर्ने मूल उद्देश्यका साथ नयाँ पार्टी निर्माण गरेको भट्टराई स्पष्ट पारे  ।

नयाँ पार्टीमा  महामन्त्रीद्धय सुशिलमान शेरचन र पुष्प पराजुली, सह–महामन्त्री एवम् प्रवक्ता देवेन्द्र पौडेल रहेका छन्  । उक्त पार्टीले २६ सदस्यीय नयाँकार्य समिति समेत गठन गरेको छ ।

‘कांग्रेसले विपीको विचारलाई लात हान्यो, पैसा र शक्तिको लागिजुनसुकै शक्तिसँगपनि सम्झौतागर्ने चरित्र देखायो, त्यसैले हामीले वीपीको विचारलाई स्थापित गर्नको लागि यो पार्टी निर्माण गर्यौं’, उनले भने ।

त्यस्तै कार्यक्रममा उक्त पार्टीका उपसभापति झलकनाथ वाग्लेले पार्टी नेता र कार्यकर्ताको अत्यन्तै धेरै अवमुल्यन गर्ने र भुँईफुट्टा वर्गलाई प्रोत्साहन गर्ने गरेकोले आफूहरुले वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उक्त पार्टी निर्माण गरेको विश्वास दिलाए ।

उनले थपे,‘हाम्रो यो पार्टीले यहीविचारका साथ सबै निर्वाचन क्षेत्रमाजानेछौं, र नेपाली जनताले हामीलाई अनुमोदन गर्नुहुनेछ भन्ने विश्वास छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७