२०७९ माघ ९ गते सोमबारको तपाईको राशिफल

माघ शुक्ल द्वितीया पञ्चाङ्गः व्यतिपात बालव धनिष्ठा


९ माघ २०७९, सोमबार
4424 Shares
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउने र गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, बढी सचेत रहनुहोला ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । साथीभाइसँग समय बित्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो विचार विपरित निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा पनि उल्झन आउने छ, तर शेयर बजारले साथ दिनेछ ।

jagdamba.cement

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज महत्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र प्रसन्नता छाउने छ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि बढी संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्ने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ विद्या र ज्ञान सिक्ने मौका मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक र राजनैतिक कार्यमा विशेष सफलता मिल्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला, साहित्यमा रुचि बढ्ने छ । सामाजिक कार्य अघि बढ्ने छ । कृषि कारोबारमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७