बार्सा र रियल विजयी


९ माघ २०७९, सोमबार
128379627 pedri body getty w5LP0WkF5S

मड्रिड । गेटाफेमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । आइतबारको खेलमा पेड्रीको एक मात्र गोलको मद्दतले बार्सिलोना विजयी बनेको छ ।

ज्याभीको टोली निलम्बित स्ट्राइकरद्वय रोबर्ट लेवान्डोस्की र फेरान टोरेस बिना नै मैदानमा उत्रेको थियो । पेड्रीले खेलको ३५ औं मिनेटमा गोल गर्दै टोलीलाई जीत दिलाए । बार्साले पछिल्ला १६ लिग खेलमा कम्तीमा एक गोल गर्न सफल भएको छ ।

यस्तै करिम बेन्जेमाको उत्कृष्ट गोलको मद्दतले साबिक विजेता रियल मड्रिडले एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बर्सासँगको दुरी ३ अंकमा सीमित गर्न सफल रह्यो । खेलको २४ औं मिनेटमा बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । बालोन डि’ओर विजेताले पछिल्ला ५ खेलमा ६ गोल गरेका छन् ।

खेलको अन्तिम मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको जीत सुनिश्चित गरे । १७ खेलपछि रियलको ४१ अंक रहेको छ भने बासिलोनाको ४४ अंक रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७