सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै


९ माघ २०७९, सोमबार
sandeep

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (सोमबार) जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुने भएको छ ।

पाटन उच्च अदालतको आदेशबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेको मुद्दामा सोमबार जिल्ला अदालतमा पेशी तोकिएको हो । धरौटीमा छुटेपछि लामिछाने क्रिकेट अभ्यासमा समेत लागिसकेका छन् । गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछानेले त्यसविरुद्ध उच्च अदालतमा अपिल गर्दै थुना बाहिरै बसेर पुर्पक्ष गर्न माग गरेका थिए ।

यसअघि पक्राउ परेसँग उनलाई निलम्बन गरेको क्यानले राष्ट्रिय टोलीमा फर्काउने निर्णय गरेको छैन । जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए । सन्दीपमाथि गत भदौ ६ गते एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ । सन्दीप असोज २० गते पक्राउ परेका थिए । ९९ दिन थुनामा बसेपछि सन्दीप थुनामुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७