स्पट फिक्सिङ प्रकरण : क्रिकेटर आदिल अन्सारी र पूर्व क्रिकेटर मेहबुब आलम पक्राउ


९ माघ २०७९, सोमबार
cricket pakrau

काठमाडौं । प्रहरीले क्रिकेटर आदिल अन्सारी र पूर्व क्रिकेटर मेहबुब आलमलाई पक्राउ गरेको छ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंमा सम्पन्न लिगमा स्पट फिक्सिङ भएको खबर सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । सीआईबीले लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो । सम्भवत सीआईबीले आज अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नेछ ।

उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ । सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको सीआईबीका निर्देशक उत्तम सुवेदीले बताए । उनले भने, ‘सट्टेबाजी (बेटिङ) बाट असुली गर्ने उद्देश्यले यो प्रयास भएको थियो, तर हल्लाखल्ला भएपछि स्पट फिक्सिङ मात्रै सम्भव भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७