नेपाल एयरलायन्सका तीन पाइलटलाई कारबाही सिफारिस


९ माघ २०७९, सोमबार
959 Shares
Nepal Airlines landing
फाइल फोटो

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको छ । प्राधिकरणले पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुश्वाहा र उद्ब घिमिरेलाई कारबाही गर्न सिफारिस गरेको हो ।

गत शुक्रबार हङकङमा जोखिमपूर्ण ल्यान्ण्डिङ गराएको र एयर ट्राफिक कन्ट्रोल (एटीसी) को निर्देशन समेत नमानेको भन्दै प्राधिकरणले नेपाल वायु सेना निगमलाई तीनै जना पाइलटलाई निलम्बनसहित कारबाही गर्न निर्देशन दिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको पुष्टि गरेका छन् । हङकङको सिभिल एभियसनले नेपाल एयर लायन्सका ती पाइलटहरूले एटीसीको निर्देशन नमानेको जानकारी गराएको प्रवक्ता निरौलाको भनाइ छ ।

‘हङकङको सिभिल एभियसनले हामीलाई जानकारी गराएपछि हामीले कारबाहीको सिफारिस गरेका हौं। यस विषयमा प्राधिकरणले छानबिन प्रक्रिया अगाडि बढाउँछ,’ उनले भने ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७