पाउँदै नपाएको उपाधि देखाएपछि…


१० माघ २०७९, मंगलवार
bp

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै डा ज्ञानेन्द्रमान सिंह कार्कीले डा ज्ञानेन्द्रलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौँ विश्वविद्यालयले सिफारिश गर्नसम्म सक्नेमा नियुक्ति दिएका आधारमा नपाएको ओहोदाको प्रमाणपत्र प्रयोग गरेको र त्यसमा मतियारको भूमिका निर्वाह गरेको पाइएको छ । आयोगले दुवैलाई कानुनअनुसार कारबाही माग दाबी गर्दै मुद्दा दायर गरेको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७