युक्रेनलाई युरोपेली संघको सैन्य सहयोग


१० माघ २०७९, मंगलवार
ukrine indipendent day 20220825085353

किभ । युरोपेली सङ्घले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । सङ्घमा आवद्ध देशका विदेशमन्त्रीको सोमबार भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलव्ध गराउने निर्णय गरेको हो ।

युक्रेनी सेनाको तालिमका निम्ति चार करोड ५० लाख युरो बराबरको सहायता प्रदान गर्न सङ्घ सहमत भएको विदेश मामिला प्रमुख जोसेप बोरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बताए । सङ्घले युक्रेनलाई उपलब्ध गराउने यो सैन्य सहयोगको सातौँ खेप हुनेछ। युक्रेनलाई सर्वाधिक सहायता प्रदान गर्ने युरोपेली सङ्घ भएको छ । सङ्घको सहयोग ५० अर्ब युरोको हाराहारीमा पुगेको छ ।

पश्चिमा देशले युक्रेनलाई हतियार उपलव्ध गराएर द्वन्द्व समाधान नहुने बरु त्यो अझ लम्बिने र त्यसले युक्रेनी जनताको दुःखकष्ट बढाउने रुसले बताउँदै आएको छ । बैठकमा इरानको वर्तमान अवस्था तथा विभिन्न उच्च सङ्घसंस्था, प्रतिनिधिसहित ३७ जना इरानी अधिकारीमाथि चौथो चरणको प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७