सभामुखलाई रामचन्द्र पौडेलको सुझाव : जिम्मेवारी चुनौतीपूर्ण छ, सन्तुलन मिलाउनु होला


१० माघ २०७९, मंगलवार
ramchandra 20230124133155

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख पद चुनौतीपूर्ण रहेको बताएका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै सभामुख पद गम्भीर र चुनौतीपूर्ण रहेको बताएका हुन् ।

उनले पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजान कठिन हुने भन्दै त्यसलाई मिलाएर काम गर्न सुझाव दिएका छन् । बेला बेला अतिरञ्जित कुरा आउने बताउँदै उनले त्यसलाई सभामुखले आफ्नो कौशल देखाएर सम्बोधन गर्नुपर्ने बताए ।

सांसद पौडेलले भने, ‘सभामुखको जिम्मेवारी चुनौतीपूर्ण छ । पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजाने कुरा निक्कै कठिन छ । कुनै बेला अतिरञ्जित कुरा आउँछन् । त्यसलाई सभामुखले कौशलता देखाएर सम्बोधन गर्न जरुरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७