‘शिक्षाको सुधार चाहन्छौं भने सबै माननीयका सन्तानलाई सरकारी विद्यालय पढाऔं’


१० माघ २०७९, मंगलवार
gyanendra shahi

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नेपालको शैक्षिक सुधार गर्न कार्यान्वयनमै जुट्नु पर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा शाहीले सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेका छन् । शाहीले भने, ‘हामी शिक्षा प्रणालीको सुधारको कुरा गरेर मात्र हुँदैन् । कार्यान्वयनमा उत्रन पर्छ । आजैको यो सदनमा हामी सबै माननीयका सन्तान अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गरौँ भनेर निर्देश जारी गरौं । माननीय, सरकारी अधिकारी र ठूलाबढाका छोराछोरी विदेशमा गएर पढ्ने अनि कसरी हुन्छ नेपालमा शिक्षाको गुणस्तार सुधार ?’

उनले स्वास्थ्य क्षेत्रको सेवा गुणस्तरीय बनाउन नेपाल सरकारका सम्पूर्ण व्यक्ति तथा सांसदहरूले अनिवार्य नेपालमै उपचार गराउने व्यवस्था मिलाउन पर्ने बताएका छन् । पहुँच हुनेले सम्पन्न देशमा गएर उपचार गराएपछि नेपालको स्वास्थ्य सेवा गुणस्तरीय नहुने उनको भनाइ छ ।

जनताले कर तिरिरहे पनि सरकारबाट पाउने सेवा सुविधा नपाएको भन्दै शाहीले त्यसलाई अब हामीले सुधार गर्नुपर्ने बताए । पैसा तिरेपछि पसलबाट सामान पाएजस्तै जनताले कर तिरेपछि सेवा पाउनुपर्ने उनको भनाइ छ । विमानस्थलका नाममा करोडौं खर्च हुने भन्दै शाहीले जुम्लामा विमानस्थल नबने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७