क्रिकेटर मेहबुव र आदिलमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप


१० माघ २०७९, मंगलवार
aadil mehabub

काठमाडौं । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर मेहबुव आलम र आदिल अन्सारीमाथि प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएको छ ।

हिजो (सोमबार) पक्राउ परेका मेहबुव र आदिललाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाउने प्रहरीले पाँच दिनको म्याद लिएको हो ।

काठमाडौंमा भएको नेपाल टी–ट्वेन्टी लिगमा भएको स्पट फिक्सिङमा मेहबुव र आदिलसहित चार नेपाली खेलाडी र ६ जना अन्तर्राष्ट्रिय खेलाडी संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७