स्याङजामा हेलिकोप्टरका पाइलट कुट्ने ६ जना पक्राउ


१० माघ २०७९, मंगलवार
walingfootball1674559355

स्याङजा । स्याङ्जामा प्रभु एयरको हेलिकोप्टरका पाइलट कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना यात्रु र २ जना कुटपिटमा संलग्न स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो ।

माघ ५ गते दिउसो पोखराबाट स्याङजाको वालिङ गएको प्रभु एयरको हेलिकोप्टर खेल मैदानमा अवतरण गराएपछि स्थानीयले पाइलटसहित सवारहरुलाई कुटपिट गरेका थिए । पक्राउ पर्नेमा हेलिकोप्टरमा रहेका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरि र खिमबहादुर राना रहेका छन् । त्यसैगरी स्थानीय यामबहादुर गुरुङ र सुरेश श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।

हेलिकप्टर लिएर पुगेका अपरेटर डिरेक्टर र क्याप्टेनको रूपमा कार्यरत वर्ष ५० वर्षीय रानेश डंगोलमाथि पनि कुटपिट भएको थियो । पोखराबाट वालिङ्मा उडान गरी अवतरण गर्ने क्रममा हेलिकप्टरमा सवार रहेका बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम बहादुर रानाले चालकलाई खेल चलिरहेको अवस्थामा जबरजस्ती खेल मैदानमा नै हेलिकप्टर ल्याण्ड गर्न लगाएका थिए ।

हेलिकप्टर ल्याण्ड भए पश्चात आयोजक पक्ष तर्फका याम बहादुर गुरूङ र सुरेश श्रेष्ठले पाइलट रानेश डंगोललाई कुटपिट गरी अभद्र व्यवहार गरेका थिए । सोमबार पक्राउ परेका ६ जनाविरुद्ध प्रहरीले मंगलबार अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७