मनोज पाण्डे सौन्दर्य प्रतियोगिताको आवरणमा बलात्कार गरेको आरोपमा दोषी ठहर


१० माघ २०७९, मंगलवार
manoj

काठमाडौं । सौन्दर्य प्रतियोगिताको आवरणमा बालिकामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् । न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको हो । उनीमाथि सजाय निर्धारण भने भइसकेको छैन ।

एक युवतीले ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । पाण्डेलाई मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिएको थियो । यस्तै बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । उनले गत जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् ।

किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो । यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो। अब अदालतले पाण्डेलाई कति सजाय गर्ने भन्ने निर्धारण गर्नेछ । २०७१ सालमा भएको यो घटना गत जेठमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७