२०७९ माघ ११ गते बुधबारको तपाईको राशिफल

माघ शुक्ल चतुर्थी पञ्चाङ्गः परिधि विष्टि/भद्रा पूर्वभाद्र, तिलकुन्द चौथी


११ माघ २०७९, बुधबार
4718 Shares
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खानपिनको परिकारले मन लोभ्याउने छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मङ्गल कार्यको योजना बन्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रचनात्मक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ने छ । सन्तानबाट सुख पनि मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

jagdamba.cement

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन् । जागिर र कर्म प्रति चिन्तन बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । पारिवारिक कार्यबोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । नयाँ भौतिक साधनको योजना बन्ला । पारिवारिक रमाइलो समेत हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउने छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यप्रति सजग रहन जरूरी छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभकार्यको चर्चा चल्ने छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । चिताएको कामले तीव्रता पनि लिन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७