बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्दै


११ माघ २०७९, बुधबार
salikram

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । मंगलबार दिउँसो बुझाइएको प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।

११ वटा मन्त्रालय रहने प्रदेश सरकारमा सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले ५ वटा मन्त्रालयमा दाबी गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले ४, राप्रपाले २ मन्त्रालय र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७