९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा


११ माघ २०७९, बुधबार
no smoking

इस्लामावाद । त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धका पक्षमा रहेको एक अध्ययनले देखाएको छ । देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति जनाएका देखाएको हो ।

ग्यालप र गिलानी सर्वेक्षणमा सहभागीमध्ये ७ प्रतिशतले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउन नहुने जवाफ दिएका छन् । सहरी क्षेत्रका तीन प्रतिशतभन्दा बढी चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउने पक्षमा उभिएको प्रतिवेदनमा उल्लेख छ । चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने मानिसहरूको सबैभन्दा बढी प्रतिशत देशको पूर्वी पञ्जाब र दक्षिणी सिन्ध प्रान्तका छन् ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वाबाट ९३ प्रतिशतले पनि चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने जवाफ दिएका छन् । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका ८७ प्रतिशत मानिसले पनि सिगरेटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७