शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘पठान’ आजबाट प्रदर्शनमा


११ माघ २०७९, बुधबार
pathan tra

मुम्बइ । किङ खानका रुपमा परिचित भारतीय सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ आज (बुधबार) बाट प्रदर्शन हुँदैछ । पठानमा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा रहेका छन् ।

एक्सन थ्रीलरले भरिपूर्ण पठान शाहरुखको पाँच वर्षपछि कमब्याक फिल्म हो । शाहरुख पछिल्लो समय सन् २०१८ मा चलचित्र ‘जिरो’ मार्फत ठूलो पर्दामा प्रस्तुत भएका थिए । जिरो फ्लप भएपछि शाहरुख ठूलो पर्दाबाट लामो ब्रेक लिएका थिए ।

पठानमा सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण छ । पठान विश्वका एक सय भन्दा बढी देशमा प्रदर्शन हुँदैछ । भारत बाहेकका मुलुकमा यो फिल्म २५ सय पर्दाबाट प्रदर्शन हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पठानको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार नेपालमा समेत पठान १५० भन्दा बढी हलमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७