युक्रेनका चार मन्त्री, पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले दिए राजीनामा


११ माघ २०७९, बुधबार
63 Shares
zelen

किभ । युक्रेनका चार सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकार समेत रहेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचारविरोधी अभियान सुरु गरेसँगै सरकारका वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थालेका हुन् ।

पछिल्लो पटक घुस लिएको आरोपदेखि महँगो मूल्यमा खाद्यान्न किनिएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति जेलेन्स्कीले कानुन सबैलाई बराबर हुनुपर्ने नागरिकको माग पूरा गर्ने गरी काम गरेको उनका एक जना सहयोगीले बताएका बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले स्वीकृति प्राप्त काममा बाहेक सरकारी कर्मचारीलाई देश छाड्न प्रतिबन्ध लगाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२१ मा निकालेको एक प्रतिवेदनमा भ्रष्टाचार हुने देशको सूचीमा युक्रेनलाई १८० मध्ये १२२ औं स्थानमा राखेको थियो । पश्चिमा साझेदारहरूबाट अर्बौ डलर सहायता लिएर त्यसको परिचालन गर्नका लागि समेत युक्रेनले आफूलाई भ्रष्टाचारसँग जुझ्ने मामिलामा बलियो देखाउनुपर्ने चुनौती छ । एजेन्सी

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७