मामाघर बसेर पढ्दै गरेकी बालिकाको शव मर्स्याङ्दी नदी किनारमा फेला


११ माघ २०७९, बुधबार
death
सांकेतिक तस्वीर

लमजुङ । लमजुङको बेंसीसहरस्थित मर्स्याङ्दी नदीको पुलमुनि एक बालिकाको शव भेटिएको छ । बेंसीसहर नगरपालिका– ८ र १० को बाँझाखेत जोड्ने पुल नजिकै करिब ८-९ वर्षीय बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

रेग्मीकाअनुसार मृत अवस्थामा फेला परेकी बालिका बाँकेको वैद्यनाथ गाउँपालिका–६ माखोला स्थायी ठेगाना भएकी युजिमा बुढाथोकी हुन् । उनी हाल बेसीशहर नगरपालिका–६ चनौटे स्थित मामाघरमा बसोबास गर्दै आएकी थिइन् । बालिका र उनका भाइ मामाघरमा बस्दै आएको चनौटेका बासिन्दाले बताएका छन् ।

उनी चनौटेगाउँस्थित चनौटे प्रावि १ मा अध्ययनरत रहेको स्थानीयले जानकारी दिए । स्थानीय बासिन्दाका अनुसार बालिका विद्यालयमा पढेर घर फर्किएकी थिइन् । घर नजिकै पुगेर उनी नदीतिर खेल्न गएको र मस्र्याङ्दीले बगाएको हुनसक्ने स्थानीयले बताए । उनको विद्यालयको झोला घर नजिकै खरबारीमा भेटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७