मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला


११ माघ २०७९, बुधबार
crime 2

मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुई शव फेला परेको छ । मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिका र कैलाश गाउँपालिकामा दुई शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगर–१८ स्थित पर्यटकीय क्षेत्र गुम्बाडाँडा परिसरमा चितवनको राप्ती–२ बस्ने ५५ वर्षीय गोपालप्रसाद खतिवडाको शव फेला परेको हो ।

यस्तै जिल्लाको कैलाश गाउँपालिका–६ पकने मराङसिङमा धादिङ गजुरी–४ भूमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङको शव फेला परेको हो । दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७