न्युकासलले साउथह्याम्पटनलाई हरायो


११ माघ २०७९, बुधबार
leaque cup football

काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा न्युकासलले साउथह्याम्पटनलाई १–० ले हराएको हो ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा न्युकासलका लागि जोएलिन्टनले ७३ औं मिनेटमा निर्णायक गोल गरे । आफ्नै मैदानमा भएको पहिलो लेगमा पराजित भएपछि दोस्रो लेगको खेल पूर्व साउथह्याम्पटन दबाबमा परेको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बुधबार राति नटिङ्घम फरेष्ट र म्यान्चेस्टर युनाइटेड भिड्ने छन् । पहिलो लेगको खेल नटिङ्घमको मैदानमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७