अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड नेपाल आउँदै


११ माघ २०७९, बुधबार
Nuland

काठमाडौं । अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरीया नुल्याण्ड नेपाल आउने भएकी छिन् । विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्याण्ड कहिले आउने भन्नेबारेमा भने निश्चित भइसकेको छैन । उनी के कति कारणले नेपाल आउन लागेकी हुन् भन्ने पनि खुलाइएको छैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो । नुल्याण्ड यसअघि जेठ ६ गते अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विशेष संयोजक उज्रा जेया तीन दिने नेपाल भ्रमणमा काठमाडौं आएकी थिइन् ।

निकट भविष्यमा हुन लागेका ती भ्रणहरूमध्ये अमेरिकी उपविदेशमन्त्री नुल्याण्डको भ्रमणका विषयमा मंगलबार परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग समेत अमेरिकी राजदूत डीन.आर. थम्पसनको छलफल भएको गपरराष्ट्र स्रोतको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७