फिलिपिन्समा वायुसेनाको विमान दुर्घटना, चालक दलका दुईको मृत्यु


११ माघ २०७९, बुधबार
philippines accident air military1674643024

मनिला । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ ।

राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् । वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन् ।

यसैबीच, हिजोदेखि एउटा विमान हराइरहेको छ । इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको ६ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७