२०७९ माघ १२ गते बिहीबारको राशिफल

माघ शुक्ल पञ्चमी पञ्चाङ्गः शिव बालव उत्तरभाद्र , वसन्तपञ्चमी व्रत / सरस्वती पूजा (शिक्षण संस्था विदा)/राष्ट्रिय पुस्तक दिवस /अन्तर्राष्ट्रिय भन्सार दिवस


१२ माघ २०७९, बिहीबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक पद र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । बन्न लागेको काम बिग्रन सक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्ने छ । व्यापार, व्यवसायमा चाँहि लाभ नमिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्ने छन् । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघि बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएको धन पाइएला । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आफन्तसँग सहकार्यको अवसर मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । जोश, जाँगर र हिम्मत पनि बढ्न सक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७