बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा


१२ माघ २०७९, बिहीबार
barsa 2

काठमाडौँ । ओसमन डेम्बेलाको निर्णायक गोलमा बार्सिलोनाले बुधबार रियल सोसिडाडलाई १–० ले पराजित गर्दै कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सेली फरवार्डले ५२ औं मिनेटमा निर्णायक गोल गरे ।

खेलको अन्त्यतिर सोसिडाड १० खेलाडीमा सीमित भएको थियो र ब्राइस मेन्डेज रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । यो जितसँगै यस सिजन बार्सिलोनाको उत्कृष्ट लय कायम रह्यो ।

सन् २०२३ को सुरुमै स्पेनी सुपरकप जितेको बार्सिलोनालाई स्पेनी ला लिगामा रियल म्याड्रिडमाथि शीर्ष स्थानमा तीन अंकको अग्रता छ । अब कोपा डेल रेमा पनि बार्सिलोना अन्तिम चारमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७