हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध, धावनमार्गको हिउँ पन्छाइँदै {तस्वीरहरु}


१२ माघ २०७९, बिहीबार
snowfall Jumla Airport

जुम्ला । हिमपातका कारण जुम्लामा हवाईसेवा बन्द भएको छ । मंगलवारदेखि हिमपातले जुम्ला विमानस्थलको धावन मार्गमा हिउँ जमेपछि जहाँज बस्न सकिरहेका छैनन् । आज (बिहीबार) विहानदेखि हिउँ रोकिएको छ । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार मंगलवार र वुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो ।

snow

आज मौसम राम्रो भए पनि धावन मार्गमा हिउँ जमेकाले जहाँज अवतरण हुन नसकिरहेको उनले जानकारी दिएका छन् । आज मौसम राम्रो भएकाले नेपालगञ्जदेखि जहाज आउन तयारी अवस्थामा छन् तर धाममार्ग खुलाइँदै गरिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताए । धावन मार्गमा हिउँ जमेको हिउँ विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले फाल्ने काम शुरु गरेका छन् ।

snowfall jumla khalanga

नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् । अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केसरी पनि पुगेकी छिन् । तीन दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र परेका छन् ।

काठमाडौँदेखि जुम्ला आउन लागेका यात्रु नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले नेपालगञ्ज विमानस्थलमा तीन दिनदेखि जुम्लाको टिकट भए पनि हिउँ परेर आउन नसकिएको जानकारी दिइन् । दिलमाया शाहीसँगै करिब ४ वटा जहाँजका यात्रुहरु अहिले नेपालगञ्जमा जुम्ला आउन कुरिरहेका छन् ।

snowfall jumla 3

यसका साथै कर्णाली राजमार्गको राचुलीमा पहिरो गई गाडी भासिदा राजमार्ग बन्द भएपछि जहाँजबाट आउने जाने यात्रु बढेका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार आज ४ वटा उडान हुने तयारी छ तर धावन मार्ग खुलाउने काम भइरहेको छ । नेपाली सेनाका अनुसार अहिले १२ बजेसम्म धावन मार्ग खुलाउने प्रयास गरिएको छ । गणपति थापाका अनुसार हिउँ कम भए पनि जमेर कठिन भएकाले जहाँज चिप्लने डरले विहान ७ बजेबाट खुलाउन शुरु गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७