राजा वीरेन्द्रको नाम र तस्विर अंकित वियर उत्पादन गरेको भन्दै विरोध


७ बैशाख २०७५, शुक्रबार
birendrabeer

काठमाडौं, ७ बैसाख । राजा वीरेन्द्र वीरविक्रम शाहदेवको नाम र तस्विरसहित वियर उत्पादन गरिएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आपति जनाएको छ ।birendrabeer

स्व. राजा शाहको नाम र तस्वीर राखेर वियर उत्पादन गरेको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै उक्त विद्यार्थी संगठनले विरोध प्रकट गरेको हो । सो विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वीजरल्याण्डको एक मदिरा कम्पनीले स्व. शाहको मदिरा पिउन लागेको फोटो राखी ‘वीरेन्द्र वियर’ नामको वियर उत्पादन गरेको विभिन्न सञ्चारमाध्यममा समचार आएको थियो ।

संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नाङ्गो बलत्कार हो । तसर्थ यस विषयमा सत्य–तथ्य बुझी उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’ सो विद्यार्थी संगठनले राजा वीरेन्द्रको फोटो राखेर मदिार उत्पादन गर्ने गलत कार्य समयमै बन्द नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।

हेर्नुस् विज्ञप्ती

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७