‘बिहे पास’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक


१२ माघ २०७९, बिहीबार
bihe pass

काठमाडौं । चलचित्र ‘बिहे पास’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्रको सरस्वती पूजा अर्थात वसन्त पञ्चमीको शुभ दिन पारेर फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यो चलचित्र नयाँ वर्ष अर्थात २०८० बैशाख १ गतेका दिन प्रदर्शनमा आउने भएको छ ।

प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई र प्रकृती श्रेष्ठ मुख्य भूमिका रहेका छन् । निर्माण टिमले चलचित्रको दुई वटा पोस्टरहरू सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमध्ये एउटामा दया र प्रकृति गालामा माला लगाएर नवविवाहित दुलहा दुलहीको रुपमा चित्रित छन् भने अर्को पोस्टरमा उनीहरुसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्गदेल फिचर छन् ।

आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा श्याम राई, विहाल पहारी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, प्रकाश भुजेल, नविन शेरचनलगायतको पनि अभिनय रहेको छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । उनीहरु यस चलचित्रको वितरक समेत हुन् । रोजन श्रेष्ठ निर्माता र सह–निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

प्रकृतीले चलचित्र ‘उत्सव’ मा काम गरेको ७ वर्षपछि यो यो चलचित्रमा काम गरेकी हुन् भने दयाले बैशाख १ गते आफ्नै चलचित्रसँग भिडन्त गर्ने भएका छन् । किनकी उक्त मितिमा दयाको अर्को चलचित्र ‘जारी’ पनि प्रदर्शन हुने भएको छ । सोही मितिमा ‘भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ गरी ५ वटा चलचित्र प्रदर्शन हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७