‘बागमती प्रदेशमा विकास निर्माणका कार्यले गति लिन्छ’


२०७९ माघ १२ बिहीबार ०७:२१ बजे

सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणका कामलाई सही तवरले अगाडि बढाउन सरकार अग्रसर रहेको स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले प्रदेशका सबै जिल्लाका विकास निर्माणदेखि जनताका समस्या हल गर्दै प्रशासनिक कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘चुनावका बेला जेजस्ता प्रतिबद्धताहरू गरियो सबै अक्षरस पूरा गर्न नसके पनि धेरैभन्दा धेरै प्रतिबद्धता पूरा गर्नेछु ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७