मनिट्रान्सफरको रकम लिएर भागेका तीन युवक पक्राउ


१२ माघ २०७९, बिहीबार
arrest 20230126130343

वीरगञ्ज । वीरगञ्जस्थित एक मनिट्रान्सफरको रकम लिएर फरार भएका तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१० का २२ वर्षीय आकाश साह,२२ वर्षीय, संजय साह र २१ वर्षीय महम्मद सकिर मियाँ रहेका छन् ।

प्रहरीका अनुसार वीरगञ्ज–१० स्थित दुर्गे मनि ट्रान्सफर प्रालिका सञ्चालक विजय साह सर्राफले मंगलबार ४ लाख १४ हजार ८ सय रुपैयाँ कृषि विकास बैंकमा जम्मा गराउन पठाएका तीन युवक रकम जम्मा नगरी फरार भएका थिए ।

सञ्चालक सर्राफले यसबारे प्रहरीमा उजुरी दिएपछि प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको टोलीले तीनै जना युवकलाई वीरगञ्ज १० बाटै पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए ।

उनीहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैयाँ बरामद भएको पनि उनले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन ) सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७