हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली


१२ माघ २०७९, बिहीबार
Kp oli ktm 1536x1025 1
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताएका छन् । श्रीपञ्चमी (सरस्वती पूजा) को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले एमाले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने नेतृत्वदायी पार्टी रहेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीको साझा राष्ट्रिय आकांक्षा र पार्टीको आफ्नो गन्तव्य बनाएको बताए । स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रम एवं ती नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित एमाले अघि बढिरहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७