अभिनेत्री करिष्मा मानन्धर ९ कक्षा उत्तीर्ण, यस्तो आयो डिभिजन


७ बैशाख २०७५, शुक्रबार
karishma manandhar

काठमाडौं, ७ बैसाख । अभिनेत्री करिश्मा मानन्धर कक्षा ९ उत्तीर्ण गरेर १० कक्षामा पुगेकी छन् । ८ कक्षादेखि मैतिदेवीमा रहेको त्रिवेणी पब्लिक स्कूलमा पढिरहेकी करिष्मा निरन्तर पास भएकी छन् । प्रौढ उमेरमा स्कूल जान थालेकी करिष्माले ९ कक्षामा कति प्रतिशत ल्याइन् त ?karishma manandhar

उनले आफ्नो डिभिजन भने खुलाउन चाहिनन् । ‘मार्कसिट त हेरेकै छैन’, करिष्माले कुरा लुकाउँदै भनिन्, ‘खै राम्रै मार्क आयो होला ।’ ‘म्याथ र साइन्स चाहिँ अलि गाह्राे लाग्छ’, करिष्माले सुनाइन्, ‘अंग्रेजी, अकाउन्ट, सोसल सजिलो छ ।’ नेपाली पनि गाह्राे लाग्ने करिष्माले सुनाइन् ।

उनको मेजर सब्जेट चाहिं अकाउन्ट हो । नेपाली फिल्ममा सदाबहार अभिनेत्रीको रुपमा परिचित हिरोइनलाई सबैभन्दा सजिलो र गाह्राे कुन सब्जेक्ट लाग्ला ? दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्ममा आवद्ध रहेकी करिश्माले पछिल्लो समय राजनीति र आफ्नो पढाईलाई सँगसँगै लगिरहेकी छिन् । नयाँ शक्ति पार्टीकी केन्द्रिय सदस्य समेत रहेकी करिष्मा राष्ट्रिय सभामा समानुपातिकमा उनको नाम थियो । तर उनी सांसद भने भइनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७