माओवादी स्थायी कमिटी बैठक शुरु, ३६ महिनापछि अग्निप्रसाद सापकोटा पनि सहभागी


१२ माघ २०७९, बिहीबार
mao baithak

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको हो । बैठकमा पूर्व सभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित छन् । हालसम्म उनी स्थायी कमिटीमा छैनन् ।

आजको बैठकमा सापकोटा अघिल्लो पंत्तिमा बसेका छन् । नेताहरुका अनुसार उनलाई पार्टीको उपाध्यक्ष बनाउने तयारी छ । आजको स्थायी कमिटी बैठकले त्यसबारे निर्णय गर्न सक्ने नेताहरुको भनाइ छ । सभामुख बनेपछि उनले पार्टीको सम्पूर्ण जिम्मेवारी त्यागेका थिए । पुनः पार्टी राजनीतिमा फर्कने तयारी समेत गरेका छन् । सभामुख निर्वाचित भएको ३ वर्षपछि नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटा पहिलो पटक पार्टी बैठकमा सहभागी भएका छन् ।

mao 1

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा उनी सहभागी भएका हुन् । तीन वर्ष अघि ठ्याक्कै आजकै दिन अर्थात् १२ माघ २०७६ मा अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएका थिए ।

माओवादीका प्रभावशाली नेता उनी सभामुखमा निर्वाचित भएसँगै पार्टीका सबै जिम्मेवारीबाट हटेका थिए । संयोग नै भन्नुपर्छ बिहीबार १२ माघमा उनी फेरि माओवादी केन्द्रको स्थायी समिति बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७