क्रिकेट संघका अध्यक्षले भने, ‘गल्ती भयो, अरू ‘फ्रेन्चाइज’ लिगबारे पुनर्विचार गरिने छ’


१२ माघ २०७९, बिहीबार
can chatur bahadur chand

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यसअघि हुने गरेका फ्रेन्चाइज लिगहरूका बारेमा पुनर्विचार गर्ने समय आएको बताएका छन् । नेपाल टी २० लिगमा क्यान नेतृत्वबाट ‘नजानेर गल्ती भएको’ स्वीकार्न र ‘त्यो त्रुटि सुधारका लागि मौका माग’ गर्न आयोजित पत्रकारसम्मेलनमा अध्यक्षले अन्य फ्रेन्चाइज लिगबारे पुनर्विचार गरिने बताए ।

‘यसअघि हुने गरेका फ्रेन्चाइज लिगहरू–पीपीएल (पोखरा प्रिमियर लिग), ईपीएल (एभरेस्ट प्रिमियर लिग), डीपीएल (धनगढी प्रिमियर लिग)का बारेमा पुनर्विचार गर्नुपर्ने बेला आएको छ र पुनर्विचार गरिने छ ।’

अध्यक्ष चन्दले क्यानको नियत कसैलाई पनि बाइपास गरेर अगाडि बढ्ने नभएको बताएका छन् । अध्यक्ष चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गरेका छन् । तर आफूहरुको नियत गलत नभएको उनको दाबी छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ । नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७