रुसद्वारा युक्रेनमा ३० बढी क्षेप्यास्त्र प्रहार


१२ माघ २०७९, बिहीबार
ukraine war
फाइल फोटो

कीभ । बिहीबार बिहान मास्कोको सेनाले युक्रेनमा ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनी वायु रक्षाले रुसी आक्रमणलाई रोक्न काम गरिरहेको युक्रेनी वायुसेनाले जनाएको छ ।

वायुसेनाका प्रवक्ता युरी इहनतले युक्रेनी टेलिभिजनमा करिब छवटा रुसी टीयु–९५ विमानले ’रूसको मुर्मान्स्क क्षेत्रबाट उडान भरेको र क्षेप्यास्त्र प्रहार गरेको’ बताएका छन् । केही क्षेप्यास्त्रहरू युक्रेनको पश्चिम मध्य भिन्निट्सिया क्षेत्रमा प्रहार भएको गभर्नर सेर्ही बोर्जोभले टेलिग्राममार्फत जानकारी दिएका छन् । हताहतको विवरण भने उनले दिएनन् ।

कीभको सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले टेलिग्राममा १५ भन्दा बढी क्रुज मिसाइलहरू कीभको दिशामा प्रक्षेपण गरिएको र त्यहाँ खसालिएको बताएका छन् ।

अहिले युक्रेनमा देशैभर हवाई आक्रमणको अलर्ट जारी छ । यस्तै युक्रेनको अर्काे वायुसेना कमाण्डले यसले रातभरीमा २४ वटा रुसी आक्रमण ड्रोन खसालेको बताएको छ । संयुक्त राज्य अमेरिका र जर्मनीले बुधबार युक्रेनमा युद्ध ट्याङ्क पठाउने घोषणा गरेपछि यो आक्रमण भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७