सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक : प्रमुख निर्वाचन आयुक्त


१२ माघ २०७९, बिहीबार
21 Shares
Dinesh Thapaliya photo scaled
फाइल फोटो

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताएका छन् ।

नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा सहज भएको बताए । उनले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्नुपर्ने र सामाजिक सञ्जाल पनि आमसञ्चारमाध्यमकै रूपमा स्थापित हुन खोजिरहेको हुँदा एउटा दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रेस काउन्सिल नेपालले गर्नुपर्ने कामका बारेमा उल्लेख गर्दै उनले भने, ‘प्रेस काउन्सिल नेपाललाई एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन बनायौँ, प्रतिवेदनमा ९० प्रतिशत कुरा यिनै होलान्, हामीले यस्तो सफ्टवेयर डेभलप गर्नुपर्छ, अनधिकृतरूपमा प्रकाशित, प्रसारित हुने विषय स्वतः आउने व्यवस्था गर्नुपर्छ ।’

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफूले पनि निर्वाचनको अनुगमन गर्ने मौका पाएको र काठमाडौँ, भक्तपुर र ललितपुरमा निर्वाचनको अनुगमन गर्दा पहिलाको तुलनामा धेरै शान्तिपूर्वक निर्वाचन हुने गरेको बताए ।

jagdamba.cement
rbbbb

‘पहिला–पहिला निर्वाचनमा धेरै खालको समस्या देखिन्थ्यो, झडप हुने, झमेला हुन्थ्यो’, उनले भने, ‘अहिले देशभर केही सामान्य घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भयो, त्यो सकारात्मक विषय हो ।’ प्रेस काउन्सिल नेपाललका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनलाई मिथ्या, भ्रामक सूचना नियन्त्रण गर्नका लागि संयन्त्र नै बनाएर काम गरेको र त्यसले सकरात्मक नतिजा दिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७