आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड


१२ माघ २०७९, बिहीबार
aasif sheikh cricketer SoIpBe8kl4

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) जितेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आसिफले अवार्ड प्राप्त गरेको बिहीबार पुष्टि गरेको छ ।

उनलाई २०७८ फागनुमा ओमानमा भएको चार देशबीचको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको हो । त्यसबेला आयरल्यान्डका एन्डी म्याकबर्नीले रन लिने क्रममा लडेका थिए । एन्डी लडेपछि आसिफले उनलाई रन आउट गरिदिएका थिएनन् ।

आसिफको यो खेल भावनाको प्रशंसा भएको थियो । आसिफको यही क्षणका लागि आईसीसीले उनलाई स्पिरिट अफ द क्रिकेट अवार्ड प्रदान गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७