प्रेमप्रसाद आचार्यले नाम लिएकाहरुविरुद्व आत्महत्या दुरुत्साहनमा जाहेरी


१२ माघ २०७९, बिहीबार
prem

काठमाडौं । गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले नाम लिएकाविरुद्व मुद्दा दर्ता भएको छ ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका नामका व्यक्तिहरुविरुद्व आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको हो । आत्मदाह गर्नुअघि आचार्यले लामो आत्मालाप पोष्ट गरेका थिए ।

उनले गरेको पोष्टमा आफूलाई असहयोग गर्ने, कारोबारमा बाधा पुर्‍याउनेहरुको नाम उल्लेख गरेका थिए । अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दिएका हुन् । आफैलाई आगो लगाएपछि गम्भीर घाइते भएका आचार्यको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७