इरानी पत्रकार सामीमी रिहा


१३ माघ २०७९, शुक्रबार
Samimi

तेहरान । सन् २०२० को डिसेम्बरदेखि जेलमा रहेका इरानी पत्रकार केभान सामीमीलाई बिहीबार रिहा गरिएको छ । पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

तेहरानबाट करिब २०० किलोमिटर पूर्वमा रहेको सेम्नान जेलमा गत वर्ष स्थानान्तरण गरिएका समीमीलाई बिहीबार दिउँसो रिहा गरिएको उनको परिवारले पुष्टि गरेको छ । सन् २०२२ को फेब्रुअरीमा उनलाई स्वास्थ्यको कारण देखाउँदै जेल छाड्न अनुमति दिइएको थियो । तर राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आशंकामा मे महिनामा उनलाई फेरि पक्राउ गरिएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ ।

गत डिसेम्बरमा समीमीले सेप्टेम्बर १६ मा महसा अमिनीको मृत्युपछि इरानमा भएको विरोध आन्दोलनको समर्थनमा आफ्नो मोबाइलबाट सन्देश पठाएका थिए । २२ वर्षीया इरानी कुर्दको तेहरानमा महिलाहरूका लागि इस्लामिक गणतन्त्रको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएपछि ‘नैतिकता प्रहरी’को हिरासतमा मृत्यु भएको थियो । समीमीले सन् १९७९ को इस्लामी क्रान्तिअघि र पछि पटक पटक जेल जीवन बिताएका छन् । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७