माया खोला हाइड्रोपावरको आईपीओ आजबाट विक्री खुला


१३ माघ २०७९, शुक्रबार
ipo

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आज (माघ १३ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आईपीओ निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि र दुई लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । त्यस्तै ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिने छ । आईपीओ खरिदका लागि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्रसम्म मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि माघ २७ गतेसम्म लम्बिने बताइएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपमार्फत पनि आईपीओमा आवेदन गर्न सक्ने छन् ।

कम्पनीले प्रबद्र्धन गरिरहेको १४.९ मेगावाटको माया खोला जलविद्युत् आयोजना काम सम्पन्न भएर गत मंसिर १ गतेदेखि सञ्चालनमा आएको छ । उक्त आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित अनुमानित २० करोड १३ लाख रुपैयाँ रहेको छ । आयोजनाको कुल अनुमानित लागत तीन अर्ब रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७