अनेरास्ववियूद्वारा शिक्षामन्त्रीको पुत्ला दहन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।
अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेको हो । शिक्षामन्त्री खनालले निजी क्षेत्रलाई पोसेको उनीहरुको आरोप छ । उनीहरूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै उनको राजीनामा समेत माग गरेका छन् ।