प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त


१३ माघ २०७९, शुक्रबार
Ashok Sherchan CEO scaled

काठमाडौं : प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन नियुक्त भएका छन् । शेरचनको तेश्रो कार्यकालको लागि सीईओमा नियुक्तमा भएका हुन् ।

बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जानकारी दिए । सेञ्चुरी कमर्सियल बैंक गाभिने क्रममा शेरचन नै सीईओ हुने सहमति भएको थियो ।

बैंकका विभिन्न सूचक तथा विवरणको समीक्षासहित उनलाई पुनः चारवर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको अध्यक्ष सिटौलाको भनाई छ । यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए ।

नवनियुक्त सीईओ शेरचनले ग्राहक, सेयरधनी र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । मर्जर भएपछि कर्मचारीहरुबीचको समन्वय, कर्जाको गुणस्तरमा ध्यान, रिकभरीलाई प्राथमिकता, डिजिटल बैंकिङलाई जोड र राष्ट्र बैंकका नीति नियमअनुसार समन्वयसाथ काम गर्ने उनको भनाई छ । ग्राहकलाई उत्कृष्ट सेवा, अर्थतन्त्रमा योगदान पु-याउने र सेयरधनीलाई उचित प्रतिफल दिने गरी काम गर्ने उनको भनाई छ ।

उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए । शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २५ बर्षको बैंकिङ गरेको अनुभव छ ।

प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै सिइओको जिम्मेवारी शेरचनलाई दिइएको थियो। त्यसपछि उनी निरन्तर बैंकको ब्यवस्थापकीय नेतृत्वमा छन्।

यो पनि पढ्नुहोस्

अशोक शेरचन : जसले पूर्खाहरुको पदचाप पछ्याएनन्, देखाए नयाँ बाटो र उज्यालो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७