अनमोल केसी अभिनित चलचित्र ‘छड्के–२’ को टिजर सार्वजनिक


१३ माघ २०७९, शुक्रबार
Capture1674810338

काठमाडौं । अनमोल केसी अभिनित चलचित्र ‘छड्के–२’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ बुडासुब्बा डिजिटल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो ।

अनमोललाई केन्द्रमा राखेको टिजरअनुसार यार्सागुम्बा संकलन र यसको व्यापारका विषयमा स्थानीयबीच हुने विवादलाई सिनेमाले उठान गरेको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।

सिनेमा चितवन र मुस्ताङमा छायांकन गरिएको छ । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७