मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा समस्या


१३ माघ २०७९, शुक्रबार
saroj yadav madhesh

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन ।

मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण आज मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिए । यसअघि उहाँले आजसम्म विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । ‘आजसम्म मन्त्रिपरिषद् विस्तार गरौंला भन्ने थियो’, मुख्यमन्त्री यादवले भने, ‘प्रदेश प्रमुख र मेरो समय व्यवस्थापनका कारण ढिला हुन गयो । अब आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

बिहीबार विभागीय जिम्मेवारी पाएका मधेस प्रदेश सरकारका तीन मन्त्रीले जिम्मेवारी सम्हालेका छन् । । नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जसपाका संजयकुमार यादवले आज अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७