राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीकाे निर्णय

‘हामीले राष्ट्रिय सहमति खोजेर एमालेलाई धोका दिएको होइन’


१३ माघ २०७९, शुक्रबार
84 Shares
Mao meeting 2 scaled

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शुक्रबार) बसेको स्थायी समिति बैठकले राष्ट्रपति साझा संवैधानिक पद भएकाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पार्टी प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा आवाज आएको छ । बैठकमा सहभागी अधिकांश नेताहरुले राष्ट्रपतिका लागि साझा व्यक्ति आवश्यक पर्ने बताउनु भएको छ’, उनले थपे, ‘राष्ट्रिय सहमतिको दिशामा हामी जान्छौँ। सहमति खोज्ने नीति छ ।’

उनले त्यो राष्ट्रिय सहमति नेकपा एमालेसहितको हुने पनि बताएका छन् । ‘राष्ट्रिय सहमति हुन्छ कि हुँदैन त्यो अहिले भन्न सकिँदैन। तर त्यो भनेको एमालेसहितको राष्ट्रिय सहमति हो’, उनले थपे, ‘हामीले राष्ट्रिय सहमति खोजेर एमालेलाई धोका दिएको होइन ।’ स्थायी समितिको अर्को बैठक १६ माघमा बस्ने निर्णय भएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७