गृहमन्त्रीको नागरिकता विवाद : सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारियो


१३ माघ २०७९, शुक्रबार
sarbochha
फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वोच्च परिसरमा थप सुरक्षाकर्मी परिचालन गरेको छ । सुरक्षाकर्मीसँगै सर्वोच्च परिसरमा सर्वसाधारण र सञ्चारकर्मीको समेत भिड छ । सर्वोच्चको मूलगेटदेखि रामशाहपथको सडक क्षेत्रमा पनि नेपाल प्रहरीको टोली आवश्यक बन्दोवस्तीमा सामानसहित तैनाथ भएका छन् ।

संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका छन् । गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७