क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, परेनन् पूर्व कप्तान सन्दीप


१३ माघ २०७९, शुक्रबार
sandeep lamichhane T4beIm2Z5F

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी मेन्स क्रिकेट वर्ल्डकपको लिग टूको त्रिकोणात्मक श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करन केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी छन् । यस्तै, विनोद भण्डारी, सागर ढकाल, सुन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अविनास बोहरा, सुर्य तामाङ, विवेक यादव, भीम सार्की छन् ।

यसैगरी, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी पनि बन्द प्रशिक्षणमा परेका छन् । बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । उनलाई प्रशिक्षणमा फर्काउन क्यानले पहल गरिरहेको थियो । तर, त्यसको सार्वजनिक आलोचना भएको थियो ।

लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो । त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७